काठमाडौं । मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।
ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट रु १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताउनुभयो ।
आज बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो अपराह्न २ः३० बजे (११ घण्टा) सम्म पनि निभाउन सकिएको छैन ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले आगो नियन्त्रणका लागि सघाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।
कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नी नियन्त्रणमा खटिएकाहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० बैशाख २०७८, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि