नेपाल भारत सीमामा मान्छे ओसार्ने पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १० : १४
नेपाल भारत सीमामा मान्छे ओसार्ने पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका ६ कालि मन्दिर ईलाकाबाट एपीएफ टोलीले नेपाल भारत सीमा ईलाकामा व्यक्ति ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मेचीनगर नगरपालिका १५ बस्ने २३ वर्षिय संदिप राजवंशी छन् । स ७ प ९३१७ नम्बरको मोटरसाईकलमा राखी नेपालबाट भारततर्फ व्यक्ति लैजाँदै गरेको अवस्थामा निज राजवंशीलाई  सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश कालि मन्दिरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका निज राजवंशीलाई उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस