बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको सपथ रोक्न विपक्षी दलहरुले माग गरेका छन् । विपक्षी गठबन्धनका नेताहरुले उनको नियुक्तिलाई लिएर आपत्ति समेत जनाएका छन् । विपक्षी गठबन्धनका नेताहरुले अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक रहेको टिप्पणी गरेका छन् ।
४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका छन् । ‘‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न दुई घण्टा अगाडि भेटेर जानकारी गराउँदा गराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ’–मुख्यमन्त्रीका दाबेदर कूलप्रसाद केसीले भने, ‘एमालेको वहुमत छैन, सपथग्रहण रोकिनुपर्छ ।’
पोखरेललले आफ्नो पक्षमा रहेका भनेकामध्ये एकजना सांसदले माओवादी केन्द्र रोजेको, एकजनाले राजीनामा दिएका र दुईजनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको केसीले प्रदेश प्रमुखलाई जानकारी गराए ।
८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ । विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन् । सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले अल्पमतमा पुगेको दलको नेतालाई थाहा हुँदाहुँदै मुख्यमन्त्रीमा नियुक्ति गर्नु सरासर असंवैधानिक र अनुचित भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
लुम्बिनीको वन मन्त्रालयका अधिकृतद्वारा मापसे गरेर चालकमाथि हातपात