बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज आइतबार एक बजेदेखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावको टुंगो पनि लगाउने छ ।
मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि सोमबार भोलि अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ ।
विपक्षी दलहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् । विपक्षी दलले अविश्वास प्रस्तावको तयारी गरेपछि चैत ५ गते मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्य गराएका थिए । अधिवेशन अन्त्य भएको एक महिनापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
अविश्वास प्रस्ताव पारित हुन पनि कम्तीमा ४१ मत आवश्यक पर्छ । तर विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत हुन्छ । जनमोर्चाको साथ पाउँदा पनि अविश्वास प्रस्ताव पारित हुन अझै एक मत कम हुन्छ ।
लुम्बिनी प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका सांसद छन् । तर उनीहरुले कर्णालीमा जस्तै फ्लोरक्रस गर्छन् भन्ने निश्चित छैन । उनीहरुमध्ये एकजनाले मात्रै फ्लोर क्रस गरेपनि अविश्वास प्रस्ताव पारित भई सरकार ढल्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने
मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो
लुम्बिनी प्रदेश सरकारमा गुल्मीका तीन मन्त्री
लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल