मस्को । रुसको एक निजी घरमा भएको आगलागीका परी आठ जनाको मत्यु भएको एक समाचारमा जनाइएको छ । घरमा आगोलागेको तर त्यसभित्र रहेका परिवारका सदस्य निस्किन नपाएका समाचारमा जनाइएको छ ।
पछिल्लो समाचारअनुसार सो आगलागीमा परेर दुई जना बालबालिकाको पनि मृत्यु भएको थियो । शनिबार बिहानै रुसको पर्म भन्ने क्षेत्रमा आगलागी भएको बताइएको छ । त्यसमा परेर एकै परिवारका आठ जनाको ज्यान गएको बताइएको छ ।
एक तले काठको घरमा आगो लागेको थियो । त्यसमा परेर परिवारका सदस्य सबैको ज्यान गएको थियो । यो आगलागीको घटना रहस्यमय रहेको भन्दै प्रहरीले अनुसन्धान टोली गठन पनि गरेको छ ।
सो टोलीले अनुसन्धान शुरु गरेको र शुरुमा त्यस घटनाका प्रत्यक्षदर्शीहरुसँग बयान लिने काम गरेको पनि बताइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ बैशाख २०७८, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि