जनकपुर । धनुषामा श्रीमतीले योजनाबद्ध रुपमा श्रीमानको हत्या गरेकी छिन् ।
हंसपुर नगरपालिका वडा नम्बर ६ स्थित टिल्हीमा बस्ने २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा श्रीमतीले आफ्नो दुई जना देवरसँग मिलेर श्रीमनको हत्या गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।
गएराति भएको विवादमा मण्डलका श्रीमती २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
हत्या गरेर श्रीमती तथा भाईहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण