जनकपुर । धनुषामा श्रीमतीले योजनाबद्ध रुपमा श्रीमानको हत्या गरेकी छिन् ।
हंसपुर नगरपालिका वडा नम्बर ६ स्थित टिल्हीमा बस्ने २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा श्रीमतीले आफ्नो दुई जना देवरसँग मिलेर श्रीमनको हत्या गरेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।
गएराति भएको विवादमा मण्डलका श्रीमती २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
हत्या गरेर श्रीमती तथा भाईहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या
बारामा आमा–छोराको हत्या, तीन जना गम्भीर घाइते
ओखलढुङ्गामा दम्पतीको हत्या, भेटियो शव