बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, ०९ : ०२
बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

रूपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको आज बिहान मृत्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे र रुपन्देही सुद्वोधन ५ का ५५ वर्षिय पुरुषको बिहान पौने छ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । यो सँगै रूपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस