बँदेलको आक्रमणमा परि एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, ०८ : ५५
बँदेलको आक्रमणमा परि एकजनाको मृत्यु

चितवन । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

प्रतिक्रिया दिनुहोस