काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ४५, वडा नं. ८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।
त्यस्तै सिद्धकुमाख गाउँपालिका–२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो ।
मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाउनुभयो । निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक÷एकको मृत्यु भएको हो ।
कर्णालीमा एकै दिन आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ ।
आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कर्णालीमा आरटी पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १७ बैशाख २०७८, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु