काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका विषयमा जनचेतना जगाउन देशव्यापीरुपमा कार्यकर्ता परिचालन गर्ने भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनका कारण आर्थिक तथा सामाजिक समस्या भोगिरहेकाहरुलाई समेत पार्टीले सहयोग गर्ने बताए ।
आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा देउवाले कोरोनाका विषयमा पार्टीको चार बुँदे प्रतिवद्धता र सरकारसँग ११ बुुँदे माग राखेका थिए । कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामग्रीहरुको आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
देशका सबै जिल्लाहरुमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परिक्षणलाई व्यापक बनाउनुपर्ने, सिमा नाकाहरुमा अनिवार्य पिसीआर परिक्षणको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीहरुलाई बिमान र जोखिम भत्ता तत्काल कार्यान्वयन गर्न पनि देउवाले माग राखेका छन् ।
सरकारले दुई दिन समय दिएर काठमाडौंबाट मानिसहरुलाई गाउँ जाने मौका दिएकोमा देउवाले आलोचना गरेका छन् । यसबाट कोरोना देशब्यापी बन्ने उनको चिन्ता छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, १७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?