दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १७ : १७
दैलेखमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ ।दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए ।१०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा उपचार भइरहेको छ ।

रेग्मीका अनुसार एकजना चिकित्सकसहित तीन स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि शुक्रबारदेखि जिल्ला अस्पताल दैलेखको आकस्मिकबाहेकका सेवाहरु बन्दछन् ।

प्रतिक्रिया दिनुहोस