सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपिओ आजदेखि खुला

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ०८ : ५१
सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको आईपिओ आजदेखि खुला

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओमा सर्वसाधारणले छिटोमा वैशाख २१ सम्म र सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा मागेजति आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस