भेरी अस्पतालमा २ सय १४ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १६ : ०२
भेरी अस्पतालमा २ सय १४ जनामा कोरोना पुष्टि

नेपालगन्ज  । भेरी अस्पताल, नेपालगन्जमा २ सय १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालले पछिल्लो २४ घण्टामा दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा २ सय १४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

नयाँ संक्रमितमध्ये एक सय ९२ जना बाँके, बर्दियाका १२ जना, सुर्खेतका ३ जना र केही अन्य जिल्लाका रहेका छन् । बाँकेमा थपिएका सबै नेपालगन्ज उपमहानगरपालिकाका रहेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र भारतबाट आएका व्यक्तिको जमुनाहा नाकामा परीक्षण हुने भए पनि यी ठाउँबाट बिहीबारको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस