बैंकर्स संघले जारी गर्‍यो सेवाग्राहीलाई ३ बुँदे अपील

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, ०७ : १७
बैंकर्स संघले जारी गर्‍यो सेवाग्राहीलाई ३ बुँदे अपील

काठमाडौं । सरकारले कोभिड – १९ को दोस्रो लहरको प्रकोप नियन्त्रणका लगि उपत्यका लगायत देशका अन्य ठाँउहरुमा समेत निषेधाज्ञा जारी गरेसँगै नेपाल बैंकर्स संघले सेवाग्राहीलाई ३ बुँदे अपील जारी गरेको छ।

 संघले सम्भब भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैकिङ  सेवाको अझ बढी प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन ग्राहकहरुमा अनुरोध गरेको छ।  

यसैगरी निषेधाज्ञामा पनि एटीएम बुथहरु खुल्ला नै रहने संघले जनाएको छ ।  इन्टरनेट तथा मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस