सरकारले अमेरिकाबाट खोप ल्याउने प्रक्रिया थालिसकेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १२ : ०२
सरकारले अमेरिकाबाट खोप ल्याउने प्रक्रिया थालिसकेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । कोरोना कहर बढ्दै गएपछि सरकारले अमेरिकाबाट खोप ल्याउन प्रक्रिय अघि बढाएको छ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड खोपबाट नेपालमा पनि ल्याउन प्रक्रिया सुरु भैसकेको बताएका छन् । 

कांग्रेस नेता गगनकुमार थापाले अमेरिकाबाट खोप ल्याउनका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । उनको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीको उक्त जानकारी प्रकाशमा आएको हो । कांग्रेस नेता थापाले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड अस्ट्राजेनेका खोप आपूर्ति हुनसके दक्षिण एसियाली मुलुक लाभान्वित हुने जनाएका थिए ।

अमेरिकाले स्टकमा राखेको उक्त परिमाणको खोप अन्य मुलुकमा आपूर्ति गर्न लागेको जनाइएको छ । नेपालमा भारतको सिरम इस्टिच्युटले उत्पादन गरेको अस्ट्राजेनेका अक्सफोर्डको कोभिसिल्ड खोप नेपालमा प्रयोगमा आईसकेको छ । 

प्रतिक्रिया दिनुहोस