आईसीयू सहितका शैंया अभावमा नवलपरासीमा एकजना यु्वाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १० : २७
आईसीयू सहितका शैंया अभावमा नवलपरासीमा एकजना यु्वाको मृत्यु

रुपन्देही । आईसीयूसहितको शय्या नभएकै कारण पश्चिम नवलपरासीमा एक ३५ वर्षीय युवाले ज्यान गुमाउनु परेको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका–९ का ३५ वर्षीय युवालाई स्वास फेर्न कठिन भएपछि परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज विहान निधन भएको हो । आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि त्यहाँ सुविधा नहुँदा अस्पतालले बुटवल रेफर गरेको थियो । बुटवल स्थित कोरोना विशेष अस्पताल बुटवलमा पनि आइसियू सहितको शैंया नभएको बताईएको छ । 

थप उपचारका लागि रुपन्देहीको भैरहवास्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरे पनि शय्या अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको थियो । 

दुई दिनअघि मात्र उनका बाबुको पनि कोरोनाका कारण घरैमा मृत्यु भएको थियो । नवलपरासीमा दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस