काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपालले अड्डा अदालत धाएर सिद्धान्तको राजनीति छाडेको भन्दै कटाक्ष गरेका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत बास्कोटाले अदालत धाएर राजनीति सफल नहुने, त्यसका लागि राजनीतिक निर्णय लिनुपर्ने बताएका छन् ।
राजनीतिमा रामवहादुर थापा बादलहरुको बाटो सही रहेको टिप्पणी गर्दै उनले नेपाल समुहले राजनितिको बाटो विराएर अदालत पटक पटक गएको उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘कुन्ती मोक्तानको गीत ‘कतिन्जेल धाउँछौ दाइ धरान धनकुटा’लाई गित उल्लेख गर्दै अदालत धाएर राजनीति सफल नहुने, त्यसका लागि राजनीतिक निर्णय लिनुपर्ने बताएका हुन् ।
अगाडी भनेका छन्, ‘कमरेड नेपाल आधा शताब्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भन्छन् तर आजभोलि अदालत धाएको हेर्दा कानूनका नौ सिङ्गवाला पो लाग्यो । कानुनको भन्दा राजनीतिमा रामवहादुरकै बाटो सही । कठिन छ, तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा ।’
माधव नेपालसहितका नेताहरु एमालेबाट आफूहरुमाथि हुने सम्भावित कारवाही रोक्न माग गर्दै पछिल्लो पटक सर्वोच्च अदालत गएका थिए । अदालतले उनीहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ ! : गोकुल बाँस्कोटा
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा
'खाल हारियो, अब लाए अराएको गर्ने, नलाए सुन्ने र ताली बजाउने !' : गोकुल बास्कोटा
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा