भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयको निर्णय

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १५ : ५०
भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयको निर्णय

नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

आइतबारै मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा महेन्द्र श्रेष्ठले पनि स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको श्रेष्ठले  बताए ।

उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट एचडीयू बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

प्रतिक्रिया दिनुहोस