लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १३ : ३७
लुम्बिनीका दुई जिल्लामा आजदेखि निषेधाज्ञा

रूपन्देही ।लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागू हुँदैछ ।कोरोना संक्रमण बढ्दै गएपछि आज मध्यरातदेखि निषेधाज्ञा लागू हुने भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आज राति १२ बजेदेखि वैशाख २० राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने उल्लेख उल्लेख गरेका छन् ।

यसअघि बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा वैशाख ८ देखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो । सङ्क्रमण फैलिँदै गएकाले जिल्लाभरी निषेधाज्ञाको निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

गेलालले लकडाउन नागरिकको सुरक्षाका लागि भएकाले सोही अनुसार बुझिदिन अनुरोध गरेका छन् । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरू हुन् । बाँकेमा सक्रिय संक्रमितको संख्या दुई हजार ४ सय नाघेको छ ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरु सञ्चालन गर्न नपाइने भएको छ । यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस