काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।चेन्नईमा आइतबार राति भएको खेलमा दिल्ली र हैदरावादले समान १५९ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट छिनोफानो भएको थियो । यस सिजन चौथो जित हात पारेको दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
हैदरावादलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा केन विलियम्सन र जगदिसन सुचिता मिलेर १५ रन जोडेका थिए । विलियम्सनले अविजित ६६ रन बनाए । सुचिथले ६ बल खेल्दै अविजित १५ रन जोडे । दिल्लीका अभेस खानले ३ र अक्सर पटेलले २ विकेट लिए ।
दिल्लीका लागि पृथ्वी शले ५३ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३७, स्टिभ स्मिथले अविजित ३४ र शिखर धवनले २८ रन बनाए । हैदरावादका सिदार्थ कउलले २ र राशिद खानले १ विकेट लिए ।
सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै हैदरावादले ७ रन जोड्यो । ८ रनको लक्ष्य दिल्लीले विना क्षती पूरा गर्दै खेल जित्यो ।जितपछि दिल्लीले ५ खेलबाट ८ अंक जोड्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।सिजनको चौथो हारपछि ५ खेलबाट २ अंक रहेको हैदरावाद सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ बैशाख २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्जाब र मुम्बईको खेल अहमदावादमा हुने
आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद
आईपीएल : लखनउविरुद्ध पञ्जाबको सानदार जित
आईपीएल : हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो
आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित