सीसीएमसीको निर्णय : सहरमा पाँच सय र पहाडमा दुई सय संक्रमित भए निषेधाज्ञा

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १९ : ०५
सीसीएमसीको निर्णय : सहरमा पाँच सय र पहाडमा दुई सय संक्रमित  भए निषेधाज्ञा

काठमाडौं । सीसीएमसीले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

त्यस्तै, आज बसेको बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस