सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १९ : ०१
सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस