जनकपुर । धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–८ का २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतोको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार तीव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा एक जनाको बाटोमा र अर्काको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय सन्तोष महतो भने गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु