डडेल्धुरा ।डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कैलाली गौरीगङ्गा १ का २३ वर्षीय प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा कैलालीको चुरे गाउँपालिकाका पवन सिजापती मगर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द बताए । कच्ची र उकालो सडक भएको हुँदा नियन्त्रण गुमाएर ट्याक्टर दुर्घटना भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ बैशाख २०७८, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते