पत्रकारले समाचार पढ्दा, अन्तरवार्ता लिँदा मास्कको प्रयोग गरौ : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १५ : ४८
पत्रकारले समाचार पढ्दा, अन्तरवार्ता लिँदा मास्कको प्रयोग गरौ : स्वास्थ्य मन्त्रालय

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन प्रसारण नगर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नपर्ने अवस्था आएको भन्दै मास्क नलगाउने व्यक्तिको समाचार सूचनाहरुलाई निरुत्साहित गर्न र प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।

साथै मन्त्रालयले सञ्चार माध्यममा समाचार पढ्दा, अन्तरवार्ता लिँदा वा समाचार बनाउँदा मास्कको प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।जारी विज्ञप्तिमा भनिएको छ,‘ समय आमसञ्चारमा समाचार पढ्दा, अन्तरवार्ता लिंदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

मन्त्रालयले कोभिड १९ को महामारीसंग जुद्न लागि सन्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाइरहेको सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह प्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस