काठमाडौं । भारत सरकारले कोभिड–१९ विरूद्धको खोपको आयात गर्दा लाग्ने आधारभूत भन्सार शुल्कमा छुट दिने निर्णय शनिबार गरेको छ । सरकारले ‘मेडिकल ग्रेड अक्सिजन’ लाई पनि तीन महिनाको लागि छुट दिने भएको छ ।
यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको उच्चस्तरीय बैठकमा भएको हो ।
पछिल्ला केही दिनहरूमा देशका विभिन्न भागहरुमा रहेका कोभिड–१९ विशेष अस्पतालहरुमा अक्सिजनको तीव्र अभाव रहेका र विरामीहरूले अक्सिजन अभाबका कारण ज्यान गुमाउने अवस्था आएको भनी विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचारपछि सरकारले यो निर्णय गरेको हो ।
संघीय वित्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले चिकित्सा ग्रेड अक्सिजनको आपूर्ति तथा घर वा अस्पतालमा बिरामीको हेरचाहका लागि आवश्यक पर्ने उपकरणहरूको आपूर्ति तत्काल बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दैनिक पुष्टि भएका कोभिड–१९ सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन लाख ४६ हजार पुगेको र दुई हजार ६२४ सङ्क्रमित व्यक्तिको विगत २४ घण्टामा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ११ बैशाख २०७८, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप
दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप