बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नका निन्ति संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न पार्टीले ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।
रिर्पोट्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।
नेता पौडेलले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए । उनले जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ बैशाख २०७८, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता