गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल गर्न काँग्रेसले बोलायो संसदिय दलको बैठक

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, ११ : ५८
गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल गर्न काँग्रेसले बोलायो संसदिय दलको बैठक

काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न गण्डकी प्रदेश काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आगामी रणनीतिबारे आन्तरिक छलफल गर्न बैठक बोलाईएको हो ।  नयाँ सरकार निर्माण लागि आइतबारलाई गण्डकी प्रदेशसभाको विशेष अधिवेशनका आह्वान गरिएको छ ।

यस विषयमा छलफल गर्न शनिबार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले आन्तरिक गर्दै छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमों) र जसपाबीच समझदारी बनेको छ ।

उनीहरुसँग बहुमत देखिएकाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै देखिएको छ । काँग्रेसले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको छ ।

२ बैशाखमा गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यद्वारा हस्ताक्षर गरिएको अविश्वासको प्रस्तावमा नेपालीलाई मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तावित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस