जापानमा फेरि सङ्कटकाल घोषणा

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, १९ : १७
जापानमा फेरि सङ्कटकाल घोषणा

एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ ।प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेका अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । 

एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागू हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस