काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले केपी शर्मा ओलीले नै पार्टी फुटाएर जान लागेको आरोप लगाएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै रावलले भने, ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’
विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० बैशाख २०७८, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता
प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूमा विभेद गरिएको भन्दै एमालेको आपत्ति
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप