मुम्बईमा कोरोना अस्पतालमा आगलागी, १३ जना बिरामीको मृत्यु

एजेन्सी

शुक्रबार, १० बैशाख २०७८, ०९ : २९
मुम्बईमा कोरोना अस्पतालमा आगलागी, १३ जना बिरामीको मृत्यु

एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ। आगलागीमा परी १३ जना विरामीको मृत्यु भएको छ।

विद्युत सर्ट हुँदा शुक्रबार बिहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ। आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो। अस्पतालका विरामीहरुलाई नजिकैको अस्पतालहरुमा उपचार भइरहेको छ ।

दुई दिन अगाडी  मुम्बईको एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ जना बिरामीको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस