नब्याएको बाच्छीले दुध दिन थालेपछि....

शुक्रबार, १० बैशाख २०७८, ०८ : ३४
नब्याएको बाच्छीले दुध दिन थालेपछि....

भापा । झापाको  गौरादह  नगरपालिका–३ का राजन पन्तको घरमा पालेको  गाईको  बाच्छीले नब्याइकन  नै चार दिनदेखि दूध दिन  थालेपछि स्थानीयवासी  अचम्मित भएका छन् । 

नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म   मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म  लाग्यो,” पन्तले भने । पशु चिकित्सकलाई जाँच गराउँदा  गाईले  गर्भधारण  नगरेको  पाइएको गाईधनी पन्तले  बताउँदै भने,  “घरमा  बाँधेर  पालेको बाच्छी   २१ महिनाको मात्र भयो ।

यसलाई  कहीँ  लगिएको  पनि  छैन  ।”  “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  ।  थुनसमेत  ब्याएको  गाईको  जस्तो  पघ्रेर  आए  ।  बाच्छीको  थुन  गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने । अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले बताए ।

 बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ । यस  सम्बन्धमा  गौरादह  नगरपालिकको  पशु  सेवा  शाखाका  प्रमुख  सन्तोष  भण्डारीले  यो अप्राकृतिक गर्भधारण भएको बताए ।

 कहिलेकाहीँ पशुको नियमित प्रक्रियाभन्दा बाहिर  गएर हर्मनको  विकास  हुँदा  यस्तो  हुने र यसलाई  फल्स प्रेगनेन्ट अर्थात् (झुटो  गर्भाधान) भनिने उनको भनाइ छ । यो हर्मनका कारण भएको  हुनाले केही समयमा हराउन पनि सक्ने केहीको भने लामो समयसम्म पनि रहनसक्ने भण्डारीले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस