भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

पत्रपत्रिकाबाट

शुक्रबार, १० बैशाख २०७८, ०७ : ११
भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ ।

देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् । राज्धानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस