काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस सङ्क्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
आज आयोजित कार्यक्रममा उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोपसमेत लगाए । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित देखिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे ।
देशमा भएका अस्पतालको क्षमता बढाउँदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, “दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।” राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउँदै नेता सिंहले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे । कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख ११ हजार सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ बैशाख २०७८, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह