काठमाडौं । जसपा नेपालमा आन्तरिक विवाद बढ्दै गएको बेला अध्यक्ष ठाकुरले आफ्नो पक्षको रणनीति बनाउनका लागि तत्कालीन राजपा नेपालका सांसदहरुको बैठक बोलाएका छन् । सिंहदरबारमा जारी बैठकमा तत्कालीन राजपा नेपालकै सांसद महेन्द्र राय यादवलाई भने बोलाइएको छैन ।
महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा गइसकेका हुनाले उनलाई बैठकमा नबोलाएको स्रोतले जनाएको छ । महेन्द्र राय यादवले आफूलाई बैठकको बारेमा जानकारी नरहेको प्रतिक्रिया दिए । बैठक पूर्वराजपा नेपालको संसदीय दलको कार्यालयको बैठक कक्षमा बसिरहेको हो ।
यस्तै तत्कालीन जसपा नेपालका कार्यकारिणी सदस्य अनिलकुमार झा उपत्यका बाहिर रहेको कारण बैठकमा छैनन् भने शरत सिंह भण्डारी बैठकमा सहभागी हुने भनेपनि यो समाचार तयार पार्दासम्म बैठकमा उपस्थित भएका छैनन् । ठाकुर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव ओलीलाई समर्थन गर्न नहुने पक्षमा रहेका छन् ।
गत मंगलवार प्रधानमन्त्री अोलीसँग छलफल गरेपछि अध्यक्ष ठाकुरले माग पुरा भएपछि लिखित सहमति जनाउने प्रतिवद्धता जनाइ सकेको कारण त्यसको बारेमा रणनीति बनाउन आफ्ना पक्षका सांसदसँग छलफल गर्न लागि भएको बताइएको छ । सरकारमा जाने र नजानेमा दुई धार देखिएपछि जसपामा विवाद चर्किँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
जसपा नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने
जसपा नेपालले कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने
चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी
नेपाल फाट्फको ग्रे लिस्टमा पर्नु दुर्भाग्यपूर्ण : जसपा नेपाल