काठमाडौं । यतिबेला पार्टी भित्रैबाट नेकपा एमाले पार्टी विभाजन रोक्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब दिइएको छ । पार्टीलाई एक ढिक्का बनाइराख्न ओलीलाई व्यापक दबाब आएपछि उनले वरिष्ठ नेता माधव नेपाल सँग वार्ता थालेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् । हिजो बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । वार्ताबाट दुबै नेता मुस्कानसहित निस्केका थिए ।
दुबै नेताले मिडियासामु केही कुरा बताएनन् । दुबै नेताको वार्ताको चाँजोपाँजो अर्थमन्त्री विष्णु पौडेलले मिलाएका हुन् । पौडेल शालिन र भद्र नेताको रुपमा चिनिन्छन् । होटल मेरियटमा ओली नेपालबीच आज दिउँसो २ बजे भेट्ने कार्यक्रम तय भएको छ । दुबै नेताले सहमतिको लागि अन्तिम प्रयास गर्नेछन् ।
ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन ।
ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् । पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल पनि दबाबमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)