काठमाडौं । यतिबेला पार्टी भित्रैबाट नेकपा एमाले पार्टी विभाजन रोक्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी दबाब दिइएको छ । पार्टीलाई एक ढिक्का बनाइराख्न ओलीलाई व्यापक दबाब आएपछि उनले वरिष्ठ नेता माधव नेपाल सँग वार्ता थालेका छन् ।
नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् । हिजो बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । वार्ताबाट दुबै नेता मुस्कानसहित निस्केका थिए ।
दुबै नेताले मिडियासामु केही कुरा बताएनन् । दुबै नेताको वार्ताको चाँजोपाँजो अर्थमन्त्री विष्णु पौडेलले मिलाएका हुन् । पौडेल शालिन र भद्र नेताको रुपमा चिनिन्छन् । होटल मेरियटमा ओली नेपालबीच आज दिउँसो २ बजे भेट्ने कार्यक्रम तय भएको छ । दुबै नेताले सहमतिको लागि अन्तिम प्रयास गर्नेछन् ।
ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन ।
ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् । पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल पनि दबाबमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुन:स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप
एमालेमा किन अटाउन सकेनन पुष्पलाल देखि मदन भण्डारीसम्मका परिवार !
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
एमाले महाधिवेशनको प्रतिनिधि चयनको तयारी सुरु, कहाँबाट कति ?
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
एमाले महासचिवले आज सञ्चारकर्मीसँग संवाद गर्ने