काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवसर पारेर नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बिहीबार (आज) बाट थापाथलीस्थित भाडाको घरमा हुने भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको बिहान ११ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले मदन नगर बल्खुमा बन्न लागेको पार्टी कार्यालयको शिलान्यास गर्ने कार्यक्रम छ ।
यसैबिच एमालेका नेता माधवकुमार नेपाल पक्षले बिहीबार दिउँसो १२ बजेभित्र ओलीद्वारा मागिएको स्पष्टिकरणको जवाफ दिनुअगाडी आफ्नो पक्षका संघ र प्रदेशका ३२ जना सांसद बिच आन्तरिक छलफल गर्ने बताईएको छ ।
यस्तै नेपाल पक्ष ओलीबाट हुन सक्ने सम्भावित कारवाही रोक्न माग गर्दै बुधबार नै सर्वोच्चमा रिट दायर गर्न खाजेपनि समय अभावका कारण दर्ता हुन सकेको थिएन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ
धैर्यतालाई कमजोरी नठान्न रास्वपालाई एमालेको चेतावनी
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
रुपन्देही-३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश