काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भेटवार्ता सकिएको छ ।
असन्तुष्ट नेता नेपालसँग सहमति खोज्न पार्टी अध्यक्षसमेत रहेका ओली बालुवाटारबाट नागपोखरीस्थित होटल मेरियट पुगेका थिए।
त्यहाँ दुई नेताबीच वार्ताको वातावरण मिलाउन अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल पुगेका थिए। दुई नेतालाई वान टु वान वार्तामा राखेपछि नेता पौडेल मेरियटबाट निस्किएका थिए ।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडले नेताहरुको अनुहार प्रफुल्लित देखिएको हुँदा छलफल सकारात्मक भएको बताए । तर उनी वार्तामा सहभागी भने भएका थिएनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर
एमाले महाधिवेशन : सुरु भयो मतगणना