काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भेटवार्ता सकिएको छ ।
असन्तुष्ट नेता नेपालसँग सहमति खोज्न पार्टी अध्यक्षसमेत रहेका ओली बालुवाटारबाट नागपोखरीस्थित होटल मेरियट पुगेका थिए।
त्यहाँ दुई नेताबीच वार्ताको वातावरण मिलाउन अर्थमन्त्री एवम् एमाले नेता विष्णुप्रसाद पौडेल पुगेका थिए। दुई नेतालाई वान टु वान वार्तामा राखेपछि नेता पौडेल मेरियटबाट निस्किएका थिए ।
प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडले नेताहरुको अनुहार प्रफुल्लित देखिएको हुँदा छलफल सकारात्मक भएको बताए । तर उनी वार्तामा सहभागी भने भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ बैशाख २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)