अझै पीडित छन् सुदूरपश्चिमका महिला

रासस

बुधबार, ०८ बैशाख २०७८, १४ : २०
अझै पीडित छन् सुदूरपश्चिमका महिला

सुदूरपश्चिम । भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको सुदूरपश्चिम क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरुले भने यो सुन्दर पक्षलाई नै छायाँमा पारिदिएको महसुस हुने गर्दछ । विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविकि विविधता र बहु सांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा रहेपनि यहाँको सामाजमा व्याप्त छाउपडीलगायत महिला हिंसाका अरु  अन्धविश्वासका कारण उत्तीकै मात्रामा बदनाम पनि हुन पुगेको छ ।

सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरुले जति नै प्रयास गरेपनि सुदूरपश्चिम प्रदेश भन्ने बित्तिकै अधिकांस नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्रका रुपमा स्मरणमा आइहाल्छ । यो नहोस् पनि कसरी ? यीनै कुप्रथाका कारण यहाँका सयौँ महिलाले वर्षेनी अकालमै ज्यान गुमाउनुपरेको छ । यहाँ यस्ता वियोगका प्रसस्त उदाहरण भेटिन्छन् । कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरु मृत्युको मुखमा पुग्न बाध्य छन् । छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन । यीनै कुप्रथाहरुले अझै पनि यहाँका महिलाहरुको ज्यान लिइरहेको छ । 

यो प्रदेशको नौ जिल्लामध्ये सातवटा पहाडी जिल्लाका अधिकांस महिलाहरु छाउपडी प्रथाका कारण वर्षेनी मृत्युको शिकार हुन बाध्य भएका छन् । छाउपडी प्रथाका कारण वर्षेनी दर्जर्नौं महिला अकालमै ज्यान गुमाउन पनि बाध्य छन् । त्यसको खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन । यहाँका पहाडी जिल्लाहरुमा अहिले पनि विभन्न अन्धविश्वास कायमै रहेका कारण छाउपडी प्रथाको अन्त्य हुन सकेको छैन । अहिले पनि यसैकारण ठूलो सङ्ख्याका महिलाले वर्षेनी अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । महिलाको अकालमै छाउगोठमा ज्यान जाने गरेको छ । 

केही समय अघि मात्र पनि जिल्लाको पुर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक मिहलाको छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो । गोठमा हुने अत्यधिक जाडोका कारण राति आगो बालेर सुतेकाले आगलागीमा परेर उनको ज्यान गएको डोटी प्रहरीको अनुमान छ । त्यसैगरी छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो । गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन् । गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमार्टम भने गरिएन । 
 

प्रतिक्रिया दिनुहोस