तनहुँमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

रासस

बुधबार, ०८ बैशाख २०७८, १० : २६
तनहुँमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादी निवासी ७० वर्षीय राधिका लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Yeti Diistillery Tansen Cement box

जिल्लाको थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १७ प ८७४ नंको मोटरसाइकलले मङ्गलबार साँझ सडक किनारमा हिँडिरहेको अवस्थामा ठक्कर दिँदा ती वृद्धा सख्त घाइते भएकी थिइन् । 

दुर्घटनापश्चात तत्कालै दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले बताए । ठक्कर दिने उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस