काठमाडौं । माधव नेपालसहित चार नेतालाई दुई दिनभित्र नेकपा एमालेमा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम मौका दिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको सप्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने जनाएका छन् । ओलीले अन्तिम मौका भन्दै माधव नेपालसहित चार नेतासँग जवाफ मागेका छन् ।
नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई दुई दिनभित्र जवाफ मागेका छन् ।
ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोपसमेत लगाएका छन् । दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने चेतावनी ओलीले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार