काठमाडौं । माधव नेपालसहित चार नेतालाई दुई दिनभित्र नेकपा एमालेमा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम मौका दिएका छन् ।
पार्टी अध्यक्षसमेत रहेका ओलीले माधव नेपालसहितका चार नेतालाई एमालेको पक्षमा आउने प्रतिबद्धतासहितको सप्रमाण जवाफ आएमा सांसद पदबाट कारवाही नगरिने जनाएका छन् । ओलीले अन्तिम मौका भन्दै माधव नेपालसहित चार नेतासँग जवाफ मागेका छन् ।
नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई दुई दिनभित्र जवाफ मागेका छन् ।
ओलीले नेपालमाथि नयाँ राजनीतिक दल खोलेको आरोपसमेत लगाएका छन् । दुई दिनभित्र एमालेमा फर्किने प्रतिबद्धता र प्रमाण नदिए कुनै पनि बखत कारवाही हुने चेतावनी ओलीले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड