काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ ।
उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, घट्यो कारोबार
५४ अंक बढ्यो सेयर बजार, साढे २३ अर्ब बढीको कारोबार
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक