लुम्बिनी । लुम्बिनी प्रदेश सरकार ढलाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना मन्त्री बनाएपछि जनता समाजवादी पार्टी (जसपा) भित्र भाँडभैलो मच्चिएको छ । ६ सांसद रहेको लुम्बिनी प्रदेशमा ४ जना जसपाका सांसद सरकारमा सहभागी भएपछि यतिबेला पार्टीमा भाँडभैलो भएको छ । समाजवादी पार्टी दुई खेमामा विभाजित भएको छ ।
शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीसहित हस्ताक्षर नगर्ने कल्पना पाण्डे पोखरेल नेतृत्वको सरकारमा सहभागी भएसँगै जसपाभित्र भाँडभैलो मच्चिएको छ। जसपाको दुई समूहले दुई थरि विभाजन गरेर रमिता देखाएको छ ।
जसपाको एक पक्षले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाउँदै कारबाही गर्ने चेतावनी दिएको छ । अर्को पक्षले सरकारमा जाने मन्त्रीलाई बधाई दिँदै स्पष्टीकरण सोध्नेलाई नै चेतावनी दिएको छ।जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविपरीत मन्त्री पदको सपथ लिने ४ जना सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधिएको छ।
उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद समेत नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी दिएका छन्। जसपाकै लुम्बिनी प्रदेश अध्यक्ष भन्दै रविदत्त मिश्राको नाममा निकालिएको अर्को विज्ञप्तिमा स्पष्टिकरण सोधेकोप्रति ध्यानाकर्षण भएको भन्दै कपोलकल्पित र भ्रमपूर्ण समाचार नदिन चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता