अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण, रोकियो ‘घिन्ताङ’ को छायांकन

सफल खबर संवाददाता

मंगलबार, ०७ बैशाख २०७८, १२ : ०८
अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण, रोकियो ‘घिन्ताङ’ को छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएपछि केकीले विश्वास नलागेर दोश्रो पटक पनि टेष्ट गरेकी थिइन् ।

तर, दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छिन् ।उनलाई कोरोना संक्रमण भएपछि सोमबारदेखि छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘घिन्ताङ’को सेड्यूल प्रभावित भएको छ । 

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो ।

यसअघि पनि चलचित्रको छायांकन सुरु गर्ने तयारी भैरहँदा निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएको थियो ।

चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । यसका लागि चलचित्रको केही यूनिट पनौती पनि पुगिसकेको वुझिएको छ । केकीको रिपोर्ट नेगेटिभ आएसँगै छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस