लुम्बिनी प्रदेश सरकार सुरक्षित !

पत्रपत्रिकाबाट

मंगलबार, ०७ बैशाख २०७८, ०८ : ०९
लुम्बिनी प्रदेश सरकार सुरक्षित !

काठमाडौं । केन्द्रको राजनीतिक तिक्तताले प्रदेश सरकारसमेत प्रभावित भइरहेका बेला  लुम्बिनी प्रदेशमा पनि एकै दिन अनेक घटनाक्रम विकास भए । सोमबार मुख्यमन्त्री  शङ्कर  पोखरेलविरुद्ध  सत्ताघटक नेकपा  माओवादी  केन्द्रसँगै  नेपाली  काँग्रेस  र जनता  समाजवादी  पार्टीले  अविश्वास  प्रस्ताव दर्ता  गरे।  अविश्वास  प्रस्ताव  दर्ता  गरेसँगै माओवादी  केन्द्रबाट  मन्त्री  रहेका  दुई  जना मन्त्रीले राजीनामा दिए । 

आजको गोरखापत्र दैनिक लेख्छ–अविश्वास  प्रस्ताव  दर्ता  भएको  केही घण्टामै   अविश्वासकर्तामध्येको  एक  दल जनता  समाजवादी  पार्टीका  चार  नेताले  मन्त्री पदको शपथ ग्रहण गरे ।  यी घटनाक्रमसँगै पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अब झन्  सुरक्षित  बनेको  सत्तारूढ  दल  नेकपा एमालेले जनाएको छ। 

जनता  समाजवादी  पार्टीबाट  नवनियुक्त मन्त्रीमा   सन्तोषकुमार   पाण्डेलाई   भौतिक पूर्वाधार   विकास,   विजयबहादुर   यादवलाई भूमि  व्यवस्था,  कृषि  तथा  सहकारी,  कल्पना पाण्डेलाई  शिक्षा  तथा  सामाजिक  विकास  र सुमन  शर्मा  रायमाझीलाई  भौतिक  पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। नवनियुक्त  मन्त्रीहरूलाई  प्रदेश  प्रमुख  धर्मनाथ यादव  र  राज्यमन्त्रीलाई  मुख्यमन्त्री  शङ्कर पोखरेलले शपथ ग्रहण गराए । 

प्रदेश  सभामा  अहिले ८५ सदस्य छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा  माओवादी  केन्द्रले  दुई  सभासदको पद  निलम्बन  गरेपछि  ८५  सभासद  कायम रहनुभएको हो।नयाँ  सरकार  बनाउन  वा  अविश्वास प्रस्ताव  पारित  गर्न  ४३  प्रदेश  सभाका  सदस्य आवश्यक   पर्दछ।   सत्तारूढ   दल   नेकपा एमालेका ४१ सभासद छन् । समाजवादीका चार सभासद मन्त्रीमण्डलमै थपिएपछि सरकार सुरक्षित   रहेको   एमालेका   प्रमुख   सचेतक भूमिश्वर ढकालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस