हेटौँडा । मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–६ डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले आज पासवानलाई पक्राउ गरेको छ ।
हेटौँडा–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिकलाई करणी गरेको आरोपमा पासवानलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ बैशाख २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ