हेटौँडा । मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–६ डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले आज पासवानलाई पक्राउ गरेको छ ।
हेटौँडा–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिकलाई करणी गरेको आरोपमा पासवानलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ बैशाख २०७८, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ