सार्वजनिक यातायातमा मास्क अनिर्वाय, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १७ : ५३
सार्वजनिक यातायातमा मास्क अनिर्वाय, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ ।

सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस