मन्त्रिपरिषद बैठकको निर्णय :  संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १० : २१
मन्त्रिपरिषद बैठकको निर्णय :  संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीका अनुसार सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको हो। वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका  मन्त्रीले जानकारी दिए ।

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो । यस्तै बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रमुख शहरका विद्यालयहरु बन्दका लागि आदेश जारी गर्ने निर्णय पनि भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस