बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ०८ : १७
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

file Photo

काठमाडौं । आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । 

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई  भिटामिन ‘ए’ क्याप्सुल र १२ देखि ५९ महिनासम्मकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस ९कोभिड—१९० संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस