यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

रासस

आइतबार, ०५ बैशाख २०७८, १८ : ५६
यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान शुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो ।

Yeti Diistillery Tansen Cement box

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउने एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राससलाई जानकारी दिए। 

“अहिलेको अवस्थामा सङ्क्रमण जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिबद्ध छौँ”, प्रवक्ता बर्तौलाले भने। यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निर्देशिकालाई अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उनको भनाइ छ । 

यतीले उडान पहिले यात्रुको सिट, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएकाले ढुक्क भएर यात्रा गर्न आग्रह गरेको छ । विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बर्तौैलाले बताए । यती एअरलाइन्सले कोभिड–१९ सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवतीलाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस